शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको छ । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान ज’ड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र अनुसार के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ । मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर काम गर्दा फाइदा पुग्छ।

ज्योतिषशास्त्र अनुसार आइतबार यी काम गर्दा सफलता मिल्छ ?

– आइतबारका दिन राज्याभिषेक गर्ने,
– मन्त्र–उपदेश गर्ने, गीत, वा’ध्य, पलाकिमा बस्ने, राजसेवा,
– औ’षधी निर्माण गर्ने,

– गाईगोरु किनबे’च गर्ने,
– हवन गर्नाले लाभ हुने शास्त्रमा उल्लेख छ ।
– शास्त्रानुसार आइतबारका दिन सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्नु उपयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!