धनुषा शनिबार राति संक्रमण देखिएका धनुषाका दुई जना व्यक्तिले झुठो विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । ति दुई जना संक्रमितले सुरुमा आफुहरु चितवनबाट आएको बताएपनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरुले आफुहरु मुम्बईबाट आएको स्वीकार गरेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतलाई आफूहरु वैशाख ९ गते चितवनबाट आएको भन्दै झूठो विवरण दिँदै आएका थिए । संक्रमित दुवै धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ स्थित घोडघासका हुन् । प्रादेशीक जनस्वास्थ्य कार्यालयका प्रवक्ताले उनीहरु मुम्बईबाट आएको जानकारी दिए । उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वारेन्टाइनसम्म ल्याउने व्यक्ति सम्पर्कमा आएपछि उनीहरूको पोल खुलेको थियो । त्यसपछि भने उनीहरुले वास्तविक कुरा बताएका थिए । ति दुवै जना चितवनबाट नभएर भारतको मुम्बईबाट आएको खुलेको छ । मुम्बईमा उनीहरू मजदूरी गर्ने गरेका थिए । उनीहरु आउने क्रममा धनुषाको बेलो गाउँमा खाना समेत खाएको कुरा खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!