हिपमत डटकम
ताप्लेजुङ, पौष ११ : ताप्लेजुङको श्रीजंगा गाउँपालिका-२ हपुखोला बस्ने ५० बर्षीय पदम माया खड्काको रुखले किचेर मृत्यु भएको छ । बिहिवार दिउँसो पौने ४ बजेको समयमा JCB ले हपुखोला तेल्लोक जोड्ने सडक खन्ने क्रममा बडहरको रुख ढली सोही स्थानमा भएकी खड्कालाई लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।