शुक्रबार, पौष ११, २०७६ || 2611  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष ११: महागरका धेरैजासो कालेपत्रे सडकको वीच भागमा खानेपानीको पाइपलाईन पर्ने भएकाले धारा मर्मत गर्न र नयाँ धारा जडान गर्दा कालेपत्रे सडक नै भत्काउने पर्ने अवस्था छ । सडक विस्तार भएसंगै पुरानो पाइपलाईन कामै नलाग्ने भएकाले सबै सडकको पाइपलाइन फेर्ने योजना महानगरपालिकाले अघि बढाएको हो । सडक निर्माण भएपछि विराटनगरमा वितरण गरिएको खानेपानीको कुनै पनि पाइप काम लाग्ने अवस्थामा नभएकाले सबै पाइप फेर्नेतयारी गरिएको महानगर प्रमुख पराजुलीले बताउनु भयो । खानेपानीको पाइपलाईन सडको दुवैपट्टी विस्तार गर्ने योजना अनुसार जाइकाले दुई महिना अघि देखि अध्ययन सुरू गरिसकेको पराजुलीको भनाई छ ।
जाइकाले १० महिना भित्रमा अध्धयन सक्ने छ । विराटनगरमा हाल कायम सबै सडकमा सडकको दुबैपट्टी खानेपानीको पाइप बिछ्याउन आबश्यक पाइप, खानेपानीको स्रोत सुधार, थप खानेपानी ट्यांकी निर्माण र खानेपानी सुद्धिकरणलगायतका लागि आबश्यक बजेटको बिस्तृत बिबरण अध्ययन पछि स्पष्ट हुने छ ।
महानगरले खानेपानिको पाईप फेर्न थाल्यो
विराटनगरको तीनपैनी देखि महानगरपलिका र तीनपैनी देखि अस्पताल चोक सम्मको सडक खण्डको दुबैपट्टी खानेपानीको पाइप फेर्ने काम थालिएको छ । महानगरका सामाजिक विकास अधिकृत पुनम दाहालका अनुसार आन्तरिक स्रोतबाट महानगरपालिकाले खानेपानीको पाइप फेर्नेकाम सुरू गरिसकेको हो ।
महानगरपालिकाका सबै सडकको दुबैपट्टी खानेपानीको पाइप राखिने भएकाले गेट र कम्पाउण्ड लगाउने नगरवासीलाई महानगरपालिकाको अनुमति नलिई पर्खाल नलगाउन महानगरपालिकाले सचेत गराएको जनाएको छ । महानगरपालिकाको अनुमति नलिई पर्खाल लगाए खानेपानीको पाईपलाईन बनाउने वेलामा पुनः दिवाल भत्काउनु पर्ने भएकाले महानगरको अनुमति नलिई नबनाउन सचेत गराईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!