शुक्रबार, जेठ ०२, २०७७ || 547  पटक पढिएको

अस्पतालको आइसोलेसनमा रहेका कोरोनाभाइरस संक्रमित भागेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन पर्सामा सुरक्षा निकायलाई गोलीसमेत चलाउन दिइएको अधिकार फिर्ता लिइएको छ । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो अधिकारी दिएको थियो ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संक्रमित व्यक्ति शौचालयन जाने बहानामा शौचालयको भेन्टिलेसन फोरेर भागेका थिए । सो घटनापछि अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिालाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने निर्णय गरिएको बताइएको थियो ।

तर, उक्त निर्णयलाई संशोधन गरेर ‘यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने निर्णय गरिएको’ हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!