नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरिहेको विषयमा कुनै विवाद नभएको भारतीय सेनाका प्रमुख मनोज नराभनले दाबी गरेका छन् । शुक्रबार भारतको नयाँ दिल्लीमा ‘कोभिड र भारतीय सेनाः प्रतिक्रिया र पछाडि’ नामक छलफल कार्यक्रममा भारतीय सेनाका प्रमुख नराभनले भारतले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेका हुन् ।

उनले भने, ‘यसमा मैले कुनै विरोधाभाष देखेको छैन। नेपाली राजदूतले भनेका छन् । हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं । नेपालले काली नदीको पूर्वी भागलाई आफ्नो भूभाग भनेर स्वीकार गरेको हो । त्रिदेशीय विन्दुको सम्बन्धमा त्यहाँ अहिले पनि विवाद रहेन ।’

उनको कुनै देशको इशारामा नेपालले यो मुद्दा उठाएको हुन बताएका हुन् । तर कुनै देशको नाम नलिएको भारतीय मिडियाले जनाएका छन् ।

भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी अनधिकृत रूपमा निर्मित तिब्बतको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । बुधबार मात्र नेपालले दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको करिब ३८५ वर्गकिमि नेपाली भूमि आफूतिर पारेर विवादास्पद नक्सा प्रकाशित गरेपछि भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!