बिहिबार, पौष १०, २०७६ || 1196  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे,पौष १० गते । प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्रालय, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।

पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ०६९ पुस मसान्तसम्म सञ्चालन हुने ३ वर्षे कार्यक्रममा कुल लागत २ करोड ९५ लाख ३३ हजार रुपैयाँको रहेको छ । जसमा, पथरी शनिश्चरे नगरपालिकाले ७२ लाख २६ हजार ५ सय ८, प्रदेश सरकारको ७२ लाख २६ हजार ५ सय ८ र करुणा फाउण्डेशनको ६५ लाख २ सय ८३ रुपैयाँ रहने सम्झौतामा उल्लेख छ ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला र करुणा फाउण्डेशनका वित्त तथा प्रशासन व्यवस्थापक दिनेश ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनु भयो । नगर प्रमुख दिलिपकुमार राईको रोहबरमा सम्झौता आदानप्रदान भएको हो ।

सम्झौतामा, मातृशिशु स्वास्थ्य सेवा कार्यक्रमको उपभोगमा बृद्धि गरी आमा र शिशुको स्वास्थ्यमा सुधारका लागि पोषण कार्यक्रम, प्रसुती केन्द्रको सुदुढिकरण, विद्यालय स्वास्थ्य कार्यक्रम र अल्टसाउण्ड मेसिन वितरण कार्यक्रम गर्ने उल्लेख छ । त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र तथ्यांक अद्यावधिक, स्वास्थ्य उपचार र सहायक सामग्री वितरण, समावेशी शिक्षा सञ्चालन, जिविकोपार्जन, सामाजिकिकरण र सशक्तिकरण गर्ने उल्लेख छ ।

स्थानीय सेवा प्रदायक संस्थाहरुको सवलिकरण अन्तर्गत योजना तर्जुमा, समीक्षा, समुदायमा आधारित सहजकर्ताको छनौट, तालिम सहितका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!