खबर ठुलो छ

विराटनगरको कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक भारतीय कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । गत वैशाख ५ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका २५ वर्षिय जमातीले २७ दिनको उपचारपछि कोरोना जितेका हुन । उनीसँगै भर्ना भएका १२ जमातीमध्ये ७ जना यसअघि नै डिस्चार्ज भइसकेका छन् । कोरोनामुक्त भएका भारतीयलाई बिहीबार जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले विदाई गर्नुभयो । योसँगै कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । डिस्चार्ज भएकाहरु मध्ये ५ जना उदयपुरका, २ जना विराटनगरका, १ जनाभोजपुरका १ जना झापाका र ८ जना भारतीय छन् । यसअघि गत २४ वैशाखमा ६ जना, २६ वशाखमा ८ जना र २८ वैशाखमा २ जना कोरोनामुक्त भई जितेर डिस्चार्ज भएका थिए । अब अस्पतालमा १८ जना उपचाररत छन् । अस्पतालको आइसोलसनमा १८ जना उपचाररत् छन्। उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। थप ७ जनाको दोस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । अब अर्को परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएमा उनीहरु डिस्चार्ज हुनेछन् ।

बिहिबार, जेठ ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया