बिहिबार, जेठ ०१, २०७७ || 815  पटक पढिएको

गायक तथा संगीतकार जयकुमार परियारको नयाँ राष्ट्रिबादी गीत हामी देश बासीको म्यूजिक भिडियो भर्खरै युट्यवमा रिलिज भएको छ ।
समसामयिक यर्थाथबादी मौलिक गीति लेखनमा खप्पिस परियारको यो गीतमा कोरोना महामारी पछि मानिसमा देखिएको डर र पलाएको आशा मात्रै छैन् वर्तमान समयको सजिव चित्रण छ । कोरोनाको समयमा लेखिएको समसमायिक गीत भए पनि परियारको हामी देश बासी एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत हो ।
कल्ले लाने हो , दरौँ सिरबारी लागाएतका सयौँ गीत लेखेर आफूलाई अव्वल गीतकार सावित गरेका परियार कुसल कोरियोग्राफर समेत हुन । हामी देश बासी सबै एक हुनुछ गीतमा परियार स्वयंमको सिर्जना, स्वर र जादुमय संगीत छ ।

जय म्यूजिकको प्रस्तुतिमा रहेको हामी देश बासी सबै एक हुनुछ गीत राजेश बिष्ट क्षेत्रीले एरेन्ज गरेका हुन् ।सुशिल नेपालीको निर्देशक गरेको म्युजिक भिडियोको काटछाँट भने महेन्द्र पराजुरीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!