बिहिबार, पौष १०, २०७६ || 1239  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष १० गते । अभिनेत्री विनिता बरालले छोरीलाई जन्म दिएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो साझेदार गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् ।

उनले छोरीको नाम ‘काया’ राखिएको पनि खुलाएकी छन् । अस्पतालको बेडमा खिचिएको तस्विरमा उनी छोरीसँग निकै खुसी मुद्रामा देखिएकी छन् । अहिले सामाजिक सञ्जालमा उनलाई आमा बनेकोमा फिल्मकर्मी र शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

यस वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । गएको ७ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् ।

तर, त्यसपछि एकपछि अर्को चलचित्र असफल हुन थालेपछि उनले टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन । त्यसपछि उनी अध्ययनका लागि भन्दै अमेरिका हानिइन् । त्यहाँ पुगेको केही महिनामै उनी तिलक पौडेलको प्रेममा परेकी थिइन् ।।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!