वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन र समाजका विकृति तथा विसङ्गति अन्त्यका लागि नेपाली विद्यार्थी र युवाले पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अनेरास्ववियु तथा राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

“नेपाली क्रान्तिमा ऊर्जा एवं राजनीतिमा चेतनावृद्धिको अद्भूत पाठशाला देशकै ठूलो विद्यार्थी सङ्गठन अनेरास्ववियुको ५५आंैँ स्थापना दिवस तथा बौद्धिक जुझारुपनसहितको युवाशक्ति निर्माणको बलियो आधारको रुपमा खडा भएर युवालाई एकीकृत बनाई राजनीतिक रुपमा सचेत गराउँदै सामाजिक एवं राजनीतिक विकृति र विसङ्गतिको अन्त्यका लागि क्रियाशील गराउँदै आएको राष्ट्रिय युवा सङ्घ, नेपालको स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण युवा तथा विद्यार्थी भाइबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

“देशको राजनीतिक परिवर्तन तथा सामाजिक विकृति र विसङ्गति नियन्त्रणको अभियानमा यी दुबै सङ्गठनले दिएको योगदान अविस्मरणीय छ” उहाँले सन्देशमा भन्नुभएको छ, “आगामी दिनमा पनि यी सङ्गठनले विगतदेखि प्राप्त गरेको साख र गौरवलाई कायम राख्न सकुन् भन्ने कामना गर्दै सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!