विश्व स्वास्थ संगठनले कोभिड–१९ (कोरोना भाइरस)‘कहिल्यै उन्मुलन नहुन पनि सक्ने’ चेतावनी दिएको छ । बुधबार डब्ल्युएचओ इमर्जेन्सिज डाइरेक्टर डाक्टर माइक रायनले भाइरस कहिले बेपत्ता हुन्छ भनेर अनुमान लगाउने प्रयास नगर्न चेतावनी दिए । भ्याक्सिन पत्ता लागिहाले पनि भाइरसको नियन्त्रणका लागि ठूलो प्रयास आवश्यक पर्ने उनले बताए । अहिलेसम्म कोरोनालेभ झन्डै ३ लाख मानिसको ज्यान लिइसकेको छ, ४३ लाखभन्दा धेरै मानिस संक्रमित भएको पुष्ट भइसकेको छ । यस महामारीले बिस्तारित रुपमा डिस्ट्रेस र मानसिक रोग निम्त्याएको र विशेषगरी मानसिक स्वास्थमा कम लगानी गरेका देशहरु जोखिममा रहेको भन्दै संयुक्त राष्ट्रसंघले पनि चेतावनी दिएको छ । राष्ट्रसंघले रोगविरुद्ध प्रतिक्रिया जनाउने क्रममा मानसिक स्वास्थलाई ध्यानमा राख्न सरकारहरुसँग माग गरेको छ ।

डब्ल्युएचओले के भन्यो ?
‘यो कुरा ध्यानमा राख्नु जरुरी छ । यो भाइरस हाम्रो समुदायमा अर्को ठूलो प्राणघातक भाइरस बन्नसक्छ र कहिल्यै सामप्त नहुनसक्छ,’ डाक्टर रायनले जेनेभामा आयोजित भर्चअुल कन्फ्रेन्समा भने । ‘एचआईभी समाप्त भइसकेको छैन । तर, हामीले भाइरसको अवस्थाबारे जानिसकेका छन् ।’ डाक्टर रायनले भाइरस बेपत्ता कहिले बेत्तपा हुन्छ भनेर कसैले गर्ने प्रक्षेपणमा आफुलाई विश्वास नलाग्ने बताए । अहिले १ सयभन्दा धेरै सम्भावित भ्याक्सिन विकासकै चरण्मा छन् । तर डाक्टर रायले मिजल्सजस्ता रोगको उदाहरण दिदैं भ्याक्सिन विकास हुनका बाबजुद ती रोग उन्मुलन नभएको बताए । विश्व स्वास्थ संगठनका डाइरेक्टर–जनरल टेडरोस अदानोम ग्रिबियससले सबैको प्रयासबाट अझै यसको नियन्त्रण संभव रहेको बताए । ‘यो हाम्रै हातमा छ र महामारी नियन्त्रणका लागि मिलेर योगदान गर्नु हामी सबैको कर्तव्य पनि हो,’ उनले भने । धेरै देशले लकडाउन खुकुलो बनाइरहेको र नेताहरु कसरी देशको अर्थतन्त्र फेरि खुला गर्ने भनेर सोचिरहेका बेला डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो । डाक्टर टेडरोसले दोस्रो लहरको संक्रमण सुरु नभएको अवस्थामा लकडाउन खुकुलो गर्ने कुनै सुनिश्चित बाटो नभएको चेतावनी दिए । ‘धेरै देशहरु यो कठिन नियमबाट बाहिरिन चाहन्छन्, ’ टेडरोसले भने,‘तर हाम्रो सुझाव सबै देशमा संभव भएसम्म माथिल्लो तहमा सतर्कता अपनाइनुपर्छ भन्ने हो ।’

-बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!