अफगानिस्तानको राजधानी काबुलको एक प्रसव वार्डमा भएको चरमपन्थी हमलामा मृतकको संख्या बढेर २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुत्केरी महिला बढी छन् । मृत्यु हुनेमा नवजात शिशुका साथै नर्स पनि समावेश छन् । उक्त हमलामा कम्तिमा १६ जना घाइते भएका छन् । हमला मंगलबार भएको हो । तर हालसम्म कुनै पनि चरमपन्थी संगठनले यसको जिम्मेवारी लिएका छैनन् । प्रसव वार्डमा भएको यो हमलाको चौतर्फी आलोचना भइरहेको छ । मंगलबार नै यस्तै अर्को हमला भएको थियो जसमा ३२ जनाको ज्यान गएको थियो ।

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले तालिबान र अन्य चरमपन्थी संगठनविरुद्ध आक्रामक अभियान पुनः सुरु गर्न आदेश दिएका छन् । उनले चरमपन्थीमाथि हमला रोक्नका लागि पटकपटक दिँदै आएको चेतावनीलाई नजरअन्दाज गरेको आरोप लगाएका छन् ।आइएसले लियो अन्तिम संस्कार गर्दाको हमलाको जिम्मेवारीः

इस्लामिक चरमपन्थी संगठन (आइएस) ले नंगरहारमा भएको आत्मघाती हमलाको जिम्मेवारी लिएको छ । नंगरहारमा एक पुलिस कमान्डरको अन्तिम संस्कार गरिँदै थियो, त्यति नै बेला उक्त आत्मघाती हमला भएको थियो । तर काबुलको दश्त–ए–बारची अस्पतालमा भएको हमलाको पछाडि कसको हात छ भनेर स्पष्ट हुन सकेको छैन । तालिबानले उक्त हमलामा आफ्नो संलग्नता अस्विकार गरेको छ । अस्पतालमा हमला पछि १९ बच्चालाई शहरको अर्को अस्पताल पुर्याइएको छ तर धेरैजसो आमालाई आफ्नो बच्चाको मृत्यु भइसकेको हो कि भन्ने आशंका छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अफगानिस्तानमा मंगलबार भएको भिन्न–भिन्न हमलामा कम्तिमा सयजनाको मृत्यु भएको छ ।

अस्पतालमा के भयो ?

स्थानीयका अनुसार उनीहरुले सुरुमा दुईवटा बम बिस्फोट भएको आवाज र त्यसपछि गोली चलेको आवाज सुनेका थिए । यो हमला मंगलबार करिब १० बजे सुरु भयो । घटनास्थलबाट भाग्न सफल एक डाक्टरले बीबीसीसँगको कुराकानीमा हमलाका बेला अस्पतालमा करिब १ सय ४० जना मानिसको उपस्थिती भएको बताए ।इन्टरनेशनल मेडिकल च्यारिटी संस्था ‘मेडिसिन्स सान्स फ्रन्टियर्स’ ले अस्पतालको मेटरनिटी वार्ड सञ्चालित गर्छ र त्यहाँ काम गर्नेमध्ये केही विदेशी पनि थिए । अर्का एक डाक्टरले समाचार एजेन्सी एफपीलाई भने, ‘हमला सुरु भएलगत्तै हामी निकै आत्तियौं ।’ रमजान अली नामका एक पसले हमला सुरु हुने बेला नजिकै थियो । उनले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा भने, ‘हमलाकर्ताले कतै केही नहेरी अस्पतालतर्फ लगातार गोली चलाइरहेका थिए ।’ मेडिसिन्स सान्स फ्रन्टियर्सलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘जतिबेला हमला भइरहेको थियो एउटी आमाले बच्चालाई जन्म दिइरहेकी थिइन् ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार अर्की एक महिला जैनबले हमला हुनु केही क्षण अघि मात्रै बच्चा जन्माएकी थिइन् । उनले आफ्नो बच्चाको नाम ‘ओमिद’ राखेकी थिइन् जसको अर्थ हो – आशा । उनी वर्षौंपछि आमा बनेकी थिइन् तसर्थ छोराको नाम ‘ओमिद’ राखेकी थिइन् ।

जतिबेला हमला भयो जैनब बाथरुम गएकी थिइन् । त्यति नै बेला चिच्याहट सुनिन थाल्यो । उनले चार घण्टा अघि मात्रै बच्चा जन्माएकी थिइन्, उसको सुरक्षाबारे चिन्तित हुँदै उनी दौडदै बेडतर्फ आइन् तर चार घण्टा अघि जन्मिएकी उनकी ‘आशा’को मृत्यु भइसकेको थियो । जैनबकी सासु जहरा मुहम्मदीले रुँदै भनिन्, ‘मैले आफ्नी बुहारीलाई काबुल लिएर आएकी थिएँ किनभने यहाँ उसको बच्चा सुरक्षित हुने सोचेकी थिएँ । आज हामी उसको लाशलाई बामियां लिएर जाँदैछौं ।’ एक अधिकारीले बीबीसीलाई अफगान स्पेशल फोर्सले सय महिला र बच्चालाई सुरक्षित निकालेको जानकारी दिएका छन् । यीमध्ये तीन विदेशी छन् । हमलामा समावेश तीन हमलाकर्तालाई सुरक्षाबलले हत्या गरेका छन् । यी तीन हमलाकर्ताले पुलिस अधिकारीको झैं युनिफर्म लगाएका थिए । सोसल मिडियामा यो हमलाका विभिन्न तस्बिर भाइरल भएका छन् । यीमध्ये एउटा तस्बिरमा एक सैनिकले नवजात शिशुलाई आफ्नो हातमा लिएर बाहिर आइरहेको देख्न सकिन्छ । बच्चालाई रगत लत्पत्तिएको ब्ल्याङ्केटमा बेह्रिएको थियो ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!