बिहिबार, पौष १०, २०७६ || 1277  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष १० गते। लन्डनबेलायतमा एक दम्पतीले अनौठो विज्ञापन प्रकाशित गरेका छन् । उनीहरुले आफूसँग रहेको एक जोडी कुकुर रेखदेखका लागि आकर्षक तलब र विविध सुविधासहित एक जना घरेलु कामदार माग गरेका हुन् ।

नाइटब्रिज निवासी उनीहरुले अनलाइन विज्ञापनमा त्यस्तो कामदारका लागि वार्षिक ३२ हजार पाउन्ड अर्थात् करिब ४७ लाख २७ हजार रुपैयाँ तलब दिइने जनाएका छन् । यस अतिरिक्त उसका लागि ६ वटा कोठा भएको घरसमेत आवासका रुपमा उपलब्ध गराइने जनाइएको छ ।

मुख्यतया मिलो र ओस्कार नाम गरेका उनीहरुका दुई कुकुर हेरचाह गर्नका लागि उनीहरुले कामदार माग गरेका हुन् । आफूहरु कामको सिलसिलामा व्यस्त रहने र बेला–बेलामा बाहिर रहनु पर्ने भएकाले घरमा बसेर नियमित रुपमा कुकुरको हेरचाह गर्ने मानिसको खाँचो रहेको उनीहरुको भनाइ छ ।

त्यस्तो कामदारका लागि उनीहरुले केही शर्तसमेत राखेका छन् । दैनिक बिहान–बेलुका कुकुरलाई डुलाउनु पर्ने, उनीहरुलाई नुहाइदिनु पर्ने, कुकुरका साथै कामदारले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, कुकुरलाई माया गर्नुपर्ने लगायतका शर्त उनीहरुले राखेका छन् ।

खाना पकाउन सिपालु भएमा अझ राम्रो हुने उनीहरुको भनाइ छ । आफूहरु बाहिर रहेको समयमा घरको रेखदेखको जिम्मेवारीसमेत कामदारले बहन गर्नुपर्ने जनाइएको छ । कामदारले दुई दिन साप्ताहिक बिदा पाउने गरी नियमित रुपमा सोमबारदेखि शुक्रबारसम्म आफ्नो ड्युटी गर्नु पर्ने भए पनि कारणबस कहिलेकाहिँ साप्ताहिक बिदाको सुविधा नपाउन सक्ने सर्त पनि अघि सारिएको छ ।

डेढ महिना अघि प्रकाशित उक्त विज्ञापनमा कयौंले आवेदन दिएका थिए । तीमध्ये एक जनालाई छनोट गरिएको जनाइए पनि छनोट हुने व्यक्तिका बारेमा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!