बिहिबार, पौष १०, २०७६ || 1450  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, पौष १० गते।नेपाल भारत सिमा संग नजिकै रहेको टिकुलिया र दरैया वस्ती लागु औषध प्रयोगकर्ता र विक्रेताहरुका लागि सेफ जन वन्दै गएको छ ।
टिकुलिया र दरैया वस्तीमा नेपालका अधिंकास र भारतका केहि युवा युवतिहरु दैनिक जसो त्यहा पुगेर लागू औषध सेवन गर्ने गरेको छ । त्यहाँ विराटनगर , इटहरी , धरान , झापा तिरको प्रयोगकर्ताहरु अधिक संख्यामा पुग्ने गरेको छ । त्यहाँ पुग्ने प्रयोगकर्ताले विभिन्न किसिमका लागु औषध प्रयोग गरेर घर फर्किने गरेको छ । गोप्य श्रोतका अनुसार त्यहा भारत भन्दा नेपाली प्रयोकर्ता युवा र युवतीहरुको उपस्थिीती रहने गरेको छ ।
श्रोतले जानकारी दिए अनुसार सो ठाउमा नेपाल र भारतबाट गरी करिब दैनिक २ सय देखि ३ सय जना लागू औषध प्रयोगकर्ता त्यहा पुग्ने गरेको छ । त्यहा पुग्ने प्रयोगकर्ताहरु मध्ये अधिंकासले त्यही खाने र कतिपय किनेर अर्को ठाउमा गएर सेवन गर्ने गरेको छ । सोहि ठाउँमा रहेको केहि औषधि पसलेले निर्बाध रुपमा लागु औषध उप्लबध गराउदै आएको छ ।

यसरी दैनिक लागू औषध सेवनले त्यहा पुग्ने गरेका युवा र युवतीको भविष्य अन्धकार बनाउदै गएको जानकार बताउँछन् । एक पल्ट लागु औषधको दलदलमा फसेकोलाई बाहिर निकाल्न असम्भव नै हुने गरेको छ । यसरी खुला रुपमा लागु औषधको प्रयोगले समाजमा अशान्ति ल्याउने गरेको र संगै समाजमा गलत गतिबीधिले निरन्तरता पाउने गरेको जानकार बताउँछन् । उनीहरुका अनुसार खुल्ला सिमा क्षेत्रले लागू औषध प्रयोगकर्तालाई थप टेवा पुर्‍याएको छ भने प्रयोगकर्ता र विक्रेतालाई आवतजावत गर्न सहज बनाएको छ ।

सेवन संगै जथाभावी रुपमा लागू औषधको ओसारपसारले खुल्ला सिमानाको सुरक्षामा थप चुनौती थपिएको छ । श्रोतले बताए अनुसार खुला रुपमा लागू औषध बिक्रीवितरणमा प्रहरी प्रशासनले समेत मदत गर्ने गरेको तथ्य फेला परेको छ । लागू औषध व्यापारी संग केही रकममा सम्झौता गरि मदत गर्ने गरेको सिमा श्रोतले जानकारी दिएका छन् ।

दिनहुँजसो सयौं को संख्यामा युवाहरु लागू औषधको दलदलमा फस्दै जादा यस्को न्यूनीकरण तर्फ प्रहरी प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक देखिको छ । लागु औषध प्रयोगकर्तालाई त्यसको दलदलबाट बाहिर ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङले एउटा अभियानकै थालनी गरेको छ । सो अभियान मार्पmत दैनिक जसो ७० देखि ८० जना प्रयोगकर्तालाई जनचेतना मुलक ज्ञान दिने गरीएको छ । तर यो अभियानले खासै परिवर्तन ल्याएको देखिदैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!