अनुसन्धानकर्ताले कोरोनाभाइरस र मानिसको जीन बीच सम्बन्ध भएको दाबी गरेका छन् । उनीहरुका अनुसार कोरोनाको संक्रमण धेरैजसो एकै प्रकारको हुने तर केही मानिसहरुमा यसको हल्का लक्षण हुन्छ भने कतिलाई त लक्षण नै देखिँदैन । यस्तै, केही कोरोना पीडितको स्थिती यतिसम्म बिग्रन्छ कि उनीहरुलाई भेन्टिलेटरमा समेत राख्नुपर्छ । यसबारे अनुसन्धान गर्ने अमेरिकाको ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका अनुसन्धानकर्ताले मानिसहरुबीच जीनमा भिन्नता भएका कारण यस्तो हुने र यो विषयमा लगभग सबै रोगका लागि लागू हुने बताएका छन् ।

अनुसन्धानका चार मुख्य कुराः

–डीएनएमा अन्तरले संक्रमणलाई बढाउन सक्छ

अनुसन्धानकर्ताले जीनको यो अन्तरलाई बुझाउनका लागि कम्प्युटर मोडलको प्रयोग गरे । शरीरको इम्युन सिस्टममा जीनको परिवर्तनलाई बुझाए । अनुसन्धानमा मानिसहरुबीच डीएनएमा अन्तर पाइयो । कोरोनाभाइरसको संक्रमण कति गम्भीर हुन्छ भन्ने विषय यसैमा निर्भर हुने दाबी गरिएको छ ।

– यसरी बुझ्नुहोस् बचाउको कहानीः

अनुसन्धानकर्ताका अनुसार जब भाइरस मानिसको कोसिकालाई संक्रमित गर्छ तब शरीरमा भएको एन्टिभाइरस अलार्म सिस्टम अलर्ट हुन्छ । यो अलार्मले इम्युन सिस्टमलाई भाइरससँग जुध्नका लागि सायटो–टक्सिक टी सेललाई रिलिज गर्न र संक्रमित कोसिकालाई नष्ट गर्न आदेश दिन्छ । यही टी–सेलले भाइरसको पहिचान गरेर संक्रमणलाई हटाउने गर्छ ।

– सबैको एन्टीभाइरस अलार्म एउटै हुँदैन

अनुसन्धानकर्ताका अनुसार हरेक व्यक्तिको शरीरमा एन्टिभाइरस अलार्म सिस्टम एकैप्रकारको हुँदैन किनभने यसमा भएको जीनमा भिन्नता हुन्छ । यो जीनको नाम हो एलिल्स । केही एलिल्स कोरोनाका लागि निकै संवेदनशील हुन्छन् । यो बुझ्नका लागि कोरोनाभाइरसमा भएको प्रोटिनको अनुसन्धान गरियो । कम्प्युटरको मद्दतले एन्टिभाइरस अलार्म सिस्टमको भिन्न भिन्न अल्गोरिदममा अनुसन्धान गरियो ।

– इम्युन सिस्टम (प्रतिरोधी क्षमता) मा जीनको महत्वपूर्ण भूमिका

अनुसन्धानमा पाइए अनुसार शरीरको एन्टिभाइरस अलार्म सिस्टममा ह्यूमन ल्यकोसाइट एन्टिन सिस्टम (एचएलए) हुन्छ । यसलाई एलिल्स जीनले नै बनाउँछ । हरेक जीनमा भिन्न–भिन्न प्रोटिन हुन्छ । यसले भिन्न भिन्न तरिकाले शरिरमा पुग्ने फरेन बडी (भाइरस–ब्याक्टेरिया)सँग लड्छ । यदि एचएलएले प्रोटिन भाइरसलाई पहिचान गर्न सफल हुन्छ भने इम्युन सिस्टमले संक्रमित कोसिकालाई नष्ट गर्न सफल हुन्छ ।

स्रोतः दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!