मंगलबार, बैशाख ३०, २०७७ || 904  पटक पढिएको

जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ शुरु गरेको छ । बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित परेले यहाँका सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने बताउनुभयो । जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको नगरपालिका शिक्षा तथा खेलकूद शाखाका प्रमुख खडानन्द चौलागाईँले बताउनुभयो । अनलाइन अध्यापन कठिन जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहँुचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । यहाँ कुल सामुदायिक विद्यालय १७० छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!