हिपमत डटकम
बिराटनगर पौष ९ गते।विराटनगरमा दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय रहदै आएका मीनकुमार नवोदित जेसीजको राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन । जेसीजले आफनो ४६ औं राष्ट्रिय महाधिवेशनका अवसरमा नवोदितलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान गरेबापत नवोदितलाई जेसीजले सम्मान गरेको हो । उनी विराटनगरलाई कार्यक्षेत्र बनाएर दुई दशकदेखि साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय रहदै आएका छन । उनी मकालु टेलिभिजनमा सहसम्पादक छन भने कारोवार राष्ट्रिय दैनिकमा प्रदेश १ संयोजक हुन । चितवनको रत्नगरमा बुधबारबाट सुरु भएको महाधिवेशनका अवसरमा जेसीजले देशभरबाट छनौट भईआएका मध्ये उत्कृष्ट छनौट भएका नावोदित सहित ८ जना युवाहरुलाई सम्मान गरेको हो । यस्तै जेसीजले कला संगीत तर्फ विल्सन विक्रम राई (तक्मे बुढो) ,विज्ञान प्रविधिबाट काठमाडौका विकल्प ढुङगाना, खेलकुदतर्फबाट राष्ट्रिय भलिवल टिमकी कप्तान म्याग्दीकी अरुणा शाही,मानवअधिकारका क्षेत्रमा भैरहवाकी विपना शर्मा र स्वास्थ्य क्षेत्रबाट चितवनमा विशाल श्रेष्ठ सम्मानित गरेको छ । जेसीजले काठमाडौकी सृजना तिम्सिनालाई देशको प्रतिष्ठा बढाउन उच्च भूमिका खेलेको भन्दै राष्ट्रिय सम्मान प्रदान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सम्मान गरेका थिए । कार्यक्रममा दाहालले युवाको क्षमता विकासमा जेसीजले महत्वपूर्ण भूमिक खेलेको भन्दै राष्ट्र निमार्णमा युवाहरुलाई समाहित गराउन आग्रह गरे । उनले आर्थिक समृद्धि र विकासमा युवाको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए । जेसीजले हरेक वर्ष राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ४० वर्ष मुनिका युवाहरुलाई सम्मान गर्दे आएको छ । शनिबारसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजका देशभर १ सय ५३ शाखा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!