बुधबार, पौष ०९, २०७६ || 1452  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, पौष ९ गते । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दो लन थाल्ने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दो लन गर्ने बताए ।

‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’, उनले भने, ‘ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन । अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ । अब सडक आन्दो लन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ ।’

भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् । ‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!