हिपमत डटकम
काठमाडौं, पौष ९ गते ।राजपा नेपालका संयोजक राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली एक्लै भेट्न पुगेको महतो बैठकपछि खुशी देखिएका थिए ।
समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ । समाजवादीले सरकारबाट समथर्न फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले पनि विश्वासको मत लिनुपर्नेछ । यस्तो अवस्थामा ओलीले राजपा नेपालका संयोजक महतोसँग आज भेट गरेका हुन् । राजपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने बुझिएको छ ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार आजको भेटवार्तामा सभामुखको निर्वाचन, सरकारमा सहभागितालगायतका विषयमा कुराकानी भएको थियो । महतोले आफ्ना मागहरु पूरा गरेर राजपा सरकारमा सहभागी हुनसक्ने संकेत गरेका थिए । महतोले पार्टीको तर्फबाट मु द्दा फिर्ताको कुरा उठाएका थिए । तर, संविधान संशोधनको बारेमा भने कुनै कुरा भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!