शनिबार, बैशाख २७, २०७७ || 511  पटक पढिएको

हालसम्म कोरोना भाइरस यौन सम्बन्धबाट फैलिदैन भन्ने कुरा मानिदै आइएको थियो। तर, चीनका अनुसन्धानकर्ताले पछिल्लो अनुसन्धान यसबारे नयाँ खुलासा गरेका छन्। अनुसन्धानकर्ताका अनुसार, यदि कोरोना भाइरसबाट संक्रमित पुरुषले कसैका साथ यौन सम्बन्ध राख्छ भने उसमा पनि कोरोनाको संक्रमण हुनसक्छ। किनकि संक्रमित केही पुरुषहरुको वीर्यमा कोरोना भाइरस पाइएको छ। चीनको शांगक्यू म्यूनिसिपल हस्पिटलमा भर्ती कोरोना भाइरसबाट संक्रमित ३८ जना पुरुषहरुको जाँचमा यो कुराको खुलासा भएको हो। यीमध्ये ६ जना बिरामीहरुको स्पर्ममा कोरोना भाइरसको संक्रमण पाइएको थियो। कोरोना भाइरसबाट संक्रमित ती ६ जना पुरुषहरुमध्ये केही पहिले नै भाइरसको बिमारीबाट ठीक भइसकेका छन्, तर उनीहरुको स्पर्ममा कोरोना भाइरसको संक्रमण पाइएको हो। यद्यपी, चीनका अनुसन्धानकर्ताहरुले शारीरिक सम्बन्ध बनाउँदाको समय कोरोनाको संक्रमण हुन्छ कि हुदैन भन्ने कुराको बारेमा भने स्पष्ट रुपमा खुलाएका छैनन्। तर, ती अनुसन्धानकर्ताहरुले कोरोना संक्रमित पुरुषका साथ यौन सम्बन्ध राख्दा संक्रमणको खतरा हुनसक्ने आशंका भने व्यक्त गरेका छन्। किनकि केही पुरुषहरुको वीर्य अर्थात् स्पर्ममा कोरोना भाइरसको संक्रमण पाइएको छ। व्रिटेनका शेफील्ड यूनिभर्सिटीमा एन्ड्रोलोजी प्रोफेसरका अनुसार, हालसम्म उक्त अध्ययनले कुनै आधिकारीक नतिजा दिईसकेको छैन। हामीले अब कोरोना भाइरस स्पर्मभित्र सक्रिय छ कि छैन? यो त्यहाँ भित्र कति समयसम्म सक्रिय रहनसक्छ? के यसबाट साच्चै नै भाइरस संक्रमणको खतरा छ त? भन्ने हेर्न जरुरी छ। उनले भने, ‘योभन्दा पहिले इबोला र जीकाका भाइरस पुरुषहरुको वीर्यमा पाइएको थियो। त्यसैले कोभिड–१९ भाइरस पनि पुरुषको वीर्यमा पाइएको हुनसक्छ।’ मेरोलागानी File Photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!