साझा पार्टी सुन्दरहरैचाले कोरोनाको कहरबिच रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रमबाट ५३ पिन्ट ब्लड संकलन भएको साझा पार्टीका सुन्दरहरैचा संयोजक कासी सिग्देलले जानकारी दिनु भयो।
रक्तदान कार्यक्रममा ७० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो भने ५३ जनाले रक्तदान गरेका थिए। कोरोनाको प्रभाव बढिरहेको बेला रगतको अभाव हुन नदिन यो कार्यक्रमको आयोजना गरिएको साझा पार्टी मोरङका संयोजक अमलेस कर्णले हिपमत डटकमलाई जानकारी दिनु भयो ।कार्यक्रमको संयोजन सरोज नेपाल र कासी सिग्देलले गरेका हुन ।