खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं, पौष ९ गते। संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी समाजवादी पार्टी १७ महिनापछि सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिँदा उसले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेर एकतर्फी रूपमा दुई बुँदे सहमति भंग गरेको आरोप लगाएको छ ।

२०७५ जेठमा तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको थियो। मंगलबार बसेको समाजवादी पार्टी पदाधिकारीको बैठकले अब नैतिकताका आधारमा सरकारमा बसिरहनुको औचित्य नभएको भन्दै आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो।

अब तेस्रो ध्रुव निर्माण गर्नेतर्फ नै केन्द्रित हुन्छौं। पुस २० गतेबाट पार्टी सुदृढीकरणको अभियान सुरु हुन्छ। त्योसँगै राजपालगायत विचार मिल्ने शक्तिहरुसँगको ध्रुवीकरण प्रक्रिया अघि बढ्छ।सँगसँगै अहिले चर्चामा आएका सरकारले गरेको चरम भ्रष्टाचार, विकृति विसंगति र संविधान संशोधन, शासकीय स्वरुप, पहिचानसहितको संघीयता, नामाङ्कन–सीमाङ्कन सहितको संरचना, निर्वाचन प्रणाली, नारगरिकतालगायतका विषयहरुलाई लिएर जनअभियानमा जान्छौं।

मतलब, अब सडक र सदनमा संघर्ष गर्नुहुन्छ?
हो, अब संघर्ष गर्छौं। हामी सरकारमा भएको हुँदा केही प्राविधिक कठिनाइहरु थिए। अब सडक, सदन र जनता बीचमा आफ्ना कुराहरु लिएर जान्छौं। पार्टी सुदृढीकरण र विस्तार अभियान सँगसँगै गतिविधि तीव्र बनाएर लैजान्छौं।

बुधबार, पौष ०९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया