पश्चिम बंगालमा १० घण्टाभित्र सय करोड भारु भन्दा बढीको रक्सी बिक्रि भएको छ जुन एक नयाँ रेकर्ड हो ।

लकडाउन अघि यस राज्यमा साधारणतया दैनिक औसतमा ४० देखि ४५ करोड भारुको रक्सी बिक्रि हुन्थ्यो । मंगलबार मात्रै ६५ करोड बढीको रक्सी बिक्रि भयो ।

राज्य सरकारले रक्सीको पसल दैनिक दिउँसो १२ देखि बेलुकी सात बजेसम्म सात घण्टा खोल्ने अनुमती दिएको छ । सोमबार त राज्य सरकारको स्पष्ट दिशानिर्देश नभएका कारण बेलुका तीन घण्टामात्रै पसल खोलिएको थियो । मंगलबार भने सात घण्टा खोलियो । तर मानिसहरुको भीड कम हुनुको साटो बढ्दो छ ।

कोरोनासँग जुध्नका लागि पैसा जुटाउनका लागि राज्य सरकारले रक्सीमा ३० प्रतिशत अतिरिक्त बिक्रि कर लगाएको छ ।

पश्चिम बंगाल सरकारले दुई दिनमा रक्सीको बिक्रिबाट राजस्वमा बम्पर वृद्धि भएको जानकारी दिएको छ । आयकर विभागका एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘रक्सीको बिक्रिमार्फत् सरकारलाई ६० करोडको राजस्व प्राप्त भएको छ ।’

राज्यमा सोमबारबाहेक मंगलबार पनि सबै पसलमा अत्यधिक भीड लाग्यो । कति मानिसहरु त थुप्रै किलोमिटर पैदल हिँडेर रक्सी खरिद गर्न पुगे । केही स्थानमा भीडमाथि नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज गर्नुपर्यो ।

सरकारले प्रति व्यक्तिलाई दुई बोतल रक्सी बेच्ने निर्देशन दिएको छ । कुनै स्थानमा त परिवारका सबै सदस्य नै लाइनमा बसेका थिए ।

यसैबीच, रक्सीको पसलमा भीड कम गर्नका लागि थोक विक्रेता सरकारी वेस्ट बंगाल बेवरेज कर्पोरेशनले ई–रिटेल र होम डेलिभरीका लागि पनि एउटा नयाँ पोर्टल बनाएका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!