बुधबार, बैशाख २४, २०७७ || 1210  पटक पढिएको

आज मे ६ । सन् १९७६ मा आजकै दिन इटलीको फ्रायली क्षेत्रमा भूकम्प जाँदा ९ सय ९० जनाको मृत्यु भएको थियो । उत्तरपूर्वी इटली, जेमाना डेल फ्रायली शहर नजिकै ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प जाँदा ३ हजार जना घाइते भए भने १ लाख ५७ हजार जना घरबारविहीन बने ।

भूकम्पको धक्का इटलीको भेनिस शहर तथा छिमेकी देश अस्ट्रिया, स्वीटजरल्यान्ड र स्लोभेनिया (तत्कालीन समय युगोस्लाभिया) सम्म महसुस गरियो । फ्रायली क्षेत्रका ७७ गाउँ यस भूकम्पबाट प्रभावित भए । जेमोना डल फ्रायली सबैभन्दा धेरै प्रभावित भयो र संकटकाल घोषणा गरेर अन्तर्राष्ट्रिय सहयोगमा पुनर्निर्माणको काम गर्दा पनि सन् १९७६ को अन्त्यसम्म १५ हजार व्यक्ति क्याम्पिङ ट्रेलर, १ हजार जना टेन्ट र २५ हजार जना विस्थापितको शिविरमा थिए । स्लोभेनियामा पनि माथिल्लो सोका उपत्यका र बार्डा क्षेत्र केही हदसम्म प्रभावित भयो । ब्रिगिन्ज गाउँ झन्डै पूर्ण ध्वस्त भयो । नोभा गोरिकामा धेरै भवनहरु भत्किए, स्लोभेनियाको राजधानी जुब्लीआनामा पनि धक्का महसुस भयो ।

अन्य घटनाक्रम

सन् १८५६, चर्चित मनोविद् सिगमन्ड फ्रायडको अस्ट्रियामा जन्म । न्युरोलोजिस्ट फ्रायड साइको एनालाइसिसका प्रवर्तक हुन् ।

सन् १९१०, बेलायती सम्राट एडवर्ड सातौंको निधनपछि उनका छोरा जर्ज पाँचौ गद्दीमा ।

सन् १९५३, पूर्व बेलायती प्रधानमन्त्री टोली ब्लेयरको जन्म । उनी १९९७ देखि २००७ सम्म बेलायतको प्रधानमन्त्री रहे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!