नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ ।

बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । यद्यपी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालगन्जमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

लकडाउनका वेलासमेत सर्वसाधारणले हिँडडुल गर्न नछाडेपछि उपमहानगरका २३ वटै वडा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रशासनका अनुसार मंगलबारदेखि बिहीबार मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

भाइरस संक्रमणको दरलाई न्यूनीकरण गर्न, संक्रमितहरूको कन्ट्र्याक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन प्रशासनले यस्तो कदम चालेको हो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!