शनिबार, बैशाख २०, २०७७ || 1311  पटक पढिएको

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न सफल भएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ सहर ऊहानलाई बधाई दिएको छ । शहरमा कोरोनाभाइरसका गम्भीर बिरामी बाँकी नरहेको भन्दै डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमकी प्रमुख प्राविधिक डा. मारिया भान कर्खोभले ऊहानलाई बधाई दिएकी हुन् ।

‘ऊहानमा कोही पनि गम्भीर संक्रमित बाँकी नरहेको समाचार निकै सुखद छ । सुरुवातमा उक्त सहर नै निकै पीडा भोग्नुपर्यो,’ उनले भनिन्, ‘निरन्तर प्रयासका लागि ऊहानका जनतालाई धन्यवाद ।’

उनले आपत्कालिन उपायहरु पालना गरेर घर बसेका सबै जनतालाई पनि धन्यवाद दिइन् ।

‘तपाईंहरुको प्रतिबद्धता र सेवाको साथै विश्वलाई तपाईंहरुले गर्नुभएको काम साझा गर्नुभएकोमा बधाई तथा धन्यवाद,’ उनले भनिन् ।

चीनमा कोरोनाभाइरस महामारीको ग्राउन्ड जिरो रहेको ऊहानलाई गत जनवरीमा लकडाउन गरिएको थियो ।

स्रोत : सीएनएन लाइभ अपडेट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!