टेस्लाका संस्थापक एलन मस्कले आफ्नै कम्पनीको शेयर मूल्य अति नै धेरै भएको ट्वीट गरेपछि कम्पनीको मूल्य १० अर्ब डलरले घटेको छ । उनको ट्वीटपछि लगानीकर्ताहरु कम्पनीबाट पछि हटेका थिए जसले गर्दा उनी आफैलाई पनि ३ अर्ब डलरको घाटा लागेको छ ।

‘मेरो विचारमा टेस्लाको शेयर मूल्य निकै उच्च छ,’ उनले ट्वीटमा भनेका थिए । लगातार ट्वीट गरेका उनले आफ्नो सबै सम्पत्ति बेच्नेदेखि आफ्नो प्रेमिका आफूसँग क्रुद्ध रहेको सम्म लेखेका थिए ।

यसरी मस्कको ट्वीटको कारण कम्पनीलाई घाटा भएको यो पहिलो अवसर भने होइन । सन् २०१८ मा न्युयोर्कको स्टक बजारमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनी विवादमा तानिएका थिए । जसमा नियामक निकायले उनलाई २ करोड डलर जरिवाना तिराएका थिए भने कुनै ट्वीट गर्न अघि वकिललाई देखाएर मात्र प्रकाशित गर्ने सहमति गरेका थिए ।

सन् २०१८ मा मस्कले आफूले टेस्लालाई स्टक बजारबाट हटाउनका लागि लगानी प्राप्त गरेको उल्लेख गरेपछि कम्पनीको शेयर मूल्यमा उतारचढाव देखिएको थियो । यो घटनापछि सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनले उनलाई जरिवाना तिराउनुको साथै यस्तो फेरि हुन नदिन उनको ट्वीटमा नियन्त्रण गर्न आदेश दिएको थियो ।

वाल स्ट्रीट जर्नलका अनुसार उसले अर्बपति मस्कलाई ‘सो ट्वीट जिस्केर लेखेको वा अरुले नै लेखेको हो ?’ भनेर सोधेको थियो । जसमा उनले मात्र ‘होइन’ भन्ने जवाफ दिएका थिए ।

टेस्लाको सेयर मूल्य यो वर्ष निकै वृद्धि भएको थियो । जसले गर्दा विद्युतीय कार निर्माता कम्पनीको मूल्य १ खर्ब डलर नजिक पुगेको थियो । यो कोशेढुंगा पुगेको भए मस्कले करोडौँ डलर बोनसको रुपमा पाउने थिए ।

३.३४ करोड फलोअर्स भएका मस्कले गत हप्ता कोरोनाभाइरसका कारण घरमा बस्नुपर्ने नीतिको कडा आलोचना गरेका थिए । सन् २०१९ मा पनि ट्वीटका कारण उनी अदालतसम्म पुग्नुपरेको थियो ।

स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!