मंगलबार, पौष ०८, २०७६ || 2083  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष ८ गते।
द भ्वाइस अफ नेपाल सिजन-२ को उत्कृष्ट ९ बाट बाहिरिएका बल बहादुर राजबंसीको स्वरमा रहेको “कित माया गर्छु भन कित माया गर्दिन भन” बोलको म्युजिक भिडियो भर्खरै छायांकन सम्पन्न भएको छ । द भ्वाइस अफ नेपालबाट उपाधी हासिल गर्न नसकेता पनि उनको गायकिको खुबै चर्चा भयो । उनि अहिले गित संगीत मै ब्यस्त छन् भने उनले केहि गीतमा आफ्नो स्वर दिइरहेका छन् ।

छायांकन सम्पन्न भएको सो गीतमा हरि लम्सालको संगीत रहेको छ भने म्युजिक भिडियोलाई नेपालको एक सुन्दर सहर पोखरामा छायांकन गरिएको हो । गीतमा डिआर राजु बाबु श्रेष्ठको सब्द समाबेश गरिएको छ । सन्देश जङ्ग राणाले निर्देशन गरेको सो म्युजिक भिडियोमा नेपालको चर्चित डान्स ग्रुप क्रिस्टल डान्स क्रु को दमदार नृत्य तथा अभिनय रहेको छ । नेपालमा धेरै डान्स ग्रुप भएतापनि प्रत्येक डान्स ग्रुपको आफ्नो छुट्टै स्थान रहेको छ, त्यहि मध्येको एक चर्चित ग्रुपलाइ उक्त म्युजिक भिडियोमा देख्न सकिन्छ ।

छायांकन सम्पन्न उक्त म्युजिक भिडियोमा रहेको गीतलाई अकोस्टिक नेपाल काठमान्डूको स्टुडियोबाट रेकर्ड गरिएको हो । छायांकन क्रममा पोखरा पुगेका गायक राजबन्शीले भिडियो राम्रो बन्नेमा बिस्वास ब्यक्त गरे भने सम्पुर्ण आफ्ना फ्यान तथा सुभचिन्तकलाई छिट्टै यो भिडियो सार्बजनिक हुन्छ, हेरिदिन र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!