खाडी मुलुक कुवेतमा थप एघार नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले थप एघार जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ। कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३५३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ४३ सय ७७ पुगेको छ। थप ६३ सहित १६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएका छन्।संक्रमित दुईहजार ७ सय ४५ को सामान्य उपचार भैरहेको त्यसमध्य ७० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा ४ जनाले ज्यान गुमाएसंगै मृतकको सख्या ३० पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!