शुक्रबार, बैशाख १९, २०७७ || 828  पटक पढिएको

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नेपाल सरकारले आवेदन खोलेसँगै अहिले केही चलचित्रकर्मीले आन्तरिक तयारी थालेका छन् ।
विकास बोर्ड अध्यक्ष बन्नका लागि दौडधुप गर्नेमा नायक निखिल उप्रेती पनि छन् ।

चलचित्र क्षेत्रमा लामो समय बिताएकी यी नायक बोर्ड अध्यक्षका लागि आन्तरिक लबिङमा जुटेको बुझिएको छ ।

तर, नायक उप्रेतीले भने आफू बोर्ड अध्यक्ष बन्न लागेको खुलेर बताउँदैनन् । तर, राजनीतिक वृत्तमा समेत रामै सम्बन्ध बनाएका निखिलको संभावना बलियो रहेको चलचित्र क्षेत्रमा चर्चा छ ।

विशेषगरि, नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पावर शेयरिङको कुरा अगाडि आएको खण्डमा निखिललाई फाइदा हुने देखिन्छ । यसका लागि निखिल निकट चलचित्रकर्मी र राजनीतिज्ञहरुले समेत लबिङ गरिरहेका छन् ।

निखिल भने आफूलाई अन्य चलचित्रकर्मीले बोर्ड अध्यक्षमा आवेदन दिन भनेकाले पनि यस बिषयमा सोचिरहेको बताउँछन् ।

बोल्नमा सिपालु तथा दार्शनिक कुरा गर्न माहिर मानिने यी नायक बोर्ड अध्यक्ष बनेको खण्डमा चलचित्र क्षेत्रका लागि सुखद नै हुनेछ । अनलाइनखबर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!