संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरका सबै नागरिकलाई निःशुल्क रुपमा कोविड १९ भाइरस परीक्षण गरिने भएको छ । यसरी शहरका सबै नागरिकलाई निःशुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो शहर भएको बताइएको छ ।

उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिएका हुन् । उनले लस एन्जलस नै यसरी कोविड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताएका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिएका हुन् ।

उनले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । –एएनआई

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!