हिपमत डटकम
ओखलढुङगा, पौष ८ गते ।जिल्ला रामेछाप उमाकुण्ड गाँउपालिका(४ बस्ने ४५ बर्षीय ललि बहादुर खुलाल ओखलढुङगाको लिखुखोलाको किनारमा मृत अवस्थामा फेला परेका छन । यही मंसीर १८ गते आफ्नै घरबाट हराई बेपत्ता भएका खुलाललाई आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे उनलाई ओखलढुङगा खिजिदेम्बा भित्ताखर्क स्थित लिखुखोलाको किनारमा मृत अवस्थामा फेला पारिएको भनि ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाटमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ।