आजीवन एकसाथ बिताएपछि मेरी केपलर र उनका श्रीमान् विलफोर्ड ६ घण्टाको अन्तरमा एक अर्कालाई छाडेर संसारबाट विदा भएका छन् ।

कोरोना भाइरसको संक्रमणपछि यो जोडीले अमेरिकाको विस्कन्सिन अस्पतालमा उपचार गराइरहेको थियो । उनीहरु कसरी संक्रमित भए भन्ने विषय परिवारलाई कुनै स्पष्ट जानकारी भने छैन ।

दुबैमा संक्रमण लेखिएको हुनाले अस्पतालमा उनीहरुलाई एकसाथ राखिएको थियो । जबकी, कोरोना भाइरसका अधिकांश बिरामी आफ्ना प्रियजनबाट टाढिनुपर्छ ।

७३ वर्षसम्म एकसाथ बिताएको यो जोडी मृत्युअघि पनि नजिकैका दुई बेडमा रहेको र शनिबार मृत्युअघि एक अर्कालाई अन्तिमपटक ‘आई लभ यु’ भनेको नातिनी नाटाली लामिकाले बताइन् ।

‘अस्पतालमै उनीहरुले एकअर्काको हात समातेका थिए र यो सबै सुन्नु निकै हृदयविदारक छ,’लामेकाले भनिन्, ‘हामी यसैमा धन्य छौं कि उनीहरु साथमा थिए र एकअर्काको अवस्थाबारे जानकार थिए ।’
श्रीमान्को मृत्यु भएको ६ घण्टापछि मेरी केपलरले पनि देहत्याग गरेकी थिइन् । विलफोर्ड ९४ र मेरी ९२ वर्षका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!