मंगलबार, पौष ०८, २०७६ || 982  पटक पढिएको

हिपमत डटकम
पौष-०८ गते ।

झापा मेचीनगर नगरपालिका -७ बस्ने २४ बर्षीय खडग बहादुर दर्जी र सोही
स्थानका २० बर्षीय दिपेन कार्की लागुऔषध खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ
परेका छन। हिजो बेलुका साढे ७ बजे मेचीनगर नगरपालिका-६ स्थित सिमानाँका
एरियाबाट दुबै जनालाई ६ सय मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी
कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसै गरी
धरानको तिनकुनेबाट धरान -८ बस्ने ५१ बर्षीय राजु बुढाथोकी लागुऔषध सहित
पक्राउ परेका छन। अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेकीङमा खटिएको प्रहरीले
ईटहरीबाट धरान तर्फ ट्याम्पुमा सवार गरी आईरहेका बुढाथोकीलाई चेकजाँच गर्ने
क्रममा उनको साथबाट ९४ एम्पुल लुपिजैसिक,डाईजेलाप र फेरागन जस्ता
लागुऔषध फेला पारी बरामद गरेको हो। पक्राउ परेका तिनै जना उपर सम्बन्धीत
कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको सोही कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!