बिराटनगर पौष ७ गते ।
एक सप्ताह अगाडि जन्मिन’ साथ टुहुरोभएका शीश’ सहित हजुरआमा बँधक भएको समाचार संकलनमा गएका एभिन्युजकर्मी विरेन्द्र कुमार साह र उन्का सहयोगी कैमरा मैन ग्लैक्स कट्टेलसंग मैक्स इन्टरनेशनल हस्पिटल कर्मचारीले दुर्ब्यहवार गरेको छ ।
विराटनगर स्थित मैक्स इन्टरनेशनल हस्पिटल एक सप्ताह अगाडी मोरङ्ग स’नवर्षी–६ का अन्नतलाल ऋषीदेव का नवजात शिशुलाई थप उपचारको लागि भर्ना गरेको थियो । शिशुको स्वास्थ्य अवस्था समान्य भए पनि पैसाको कारण शिशु सहित कुरूवा बसेको हजुरआमा निरसि देवी ऋषीदेवलाई समेत अस्पताल प्रशासणले बँधक बनाएर राखेको छ ।

पत्रकार साहले विरामीको विषयमा रिसेप्सनमा गई जानकारी लिन खोज्दा अस्पतालकै कर्मचारीले हजुरआमा निरसि देवी लाई बोलाइ परिचय गराएका थिए तर वहाँ संग वास्तविकता बुझन खोज्दा अस्पतालले पैसा बुझाएर मात्र जान दिने भनेको विषयमा बोल्दा कैमार खोसि हातपात गरेको छ ।
शिश’ सहित हज’र आमा बँधक भएको समाचार संकलमा गएका पत्रकार विरेन्द्र कुमार साह र उन्का सहयोगी गैलेक्स कट्टेलसंग कैमरा खोसेर खिचिएको सम्पूर्ण भिडियो डिलिटगरि अस्पतालका केहि कर्मचारीले हातपात समेत गरेको छ । साथै करिब डेढ घण्टा सम्म कार्यालयमा जबरदस्ती संचारकर्मीलाई राखिएको थियो ।

मंसिर २९ गते नवजात शिश’ छोरालाई जन्मदिई आमा करिश्मा देवी ऋषीदेवको मृत्य’ भएको छ । जन्मिन’ साथ टुहुरो भएका शिशुको थप उपचार गराउन मैक्स अस्पतालमा भर्ना गरेको थियो ।
बुवाआफ्नै श्रीमतिको किरिया बसेको, हजुरबुवा गाउँमै विरामी भएको र हजुरआमा अस्पतालमा बँधक भएको छ । खान लगाउन समेत धौ धौ परेका ऋषीदेव परिवारले अस्पातालको करिब ! लाखको विल कहाँ बट तिर्ने र बच्चाको लालन पालन कसरी गर्ने समेत विच्चली परेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले हामीले उपचार गरेका छौ । अक्सिजन र औषधी सहितको खर्चहरु तिर्नै पर्छ । समाज सेवीहरुको रोहवरमा छलफल गरी अस्पताल व्यवस्थापन समितिले केहि प्रतिशत छूट हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!