सोमबार, पौष ०७, २०७६ || 1056  पटक पढिएको

राकेश कर्ण
हिपमत डटकम
रंगेली,पौष ७ गते ।मोरङको रंगेली नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका सबै व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिने भएको छ । पहिलो चरणमा वितरण गरिने सहायक सामाग्रीका लागी ८५ जना व्यक्तिहरुकोे नापजाँच कार्य सम्पन्न भएको छ ।

रंगेली नगरपालिकाको आर्थिक सहयोग र सि.बि.आर विराटनगरको प्राविधिक सहयोगमा निःशुल्क रुपमा सहायक सामग्री वितरणको प्रारम्भिक कार्य सुरु भएको छ । जसका लागि पहिलो चरणमा सहायक सामग्रीको आवश्यकता भएका व्यक्तिहरुका लागि नापजाँच शिविर आयोजना गरिएको छ । रंगेली नगरपालिकाको वडा नम्बर ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरमा रंगेलीका विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिहरु सहभागी भएका छन् । हिँडडुल गर्न सक्षम व्यक्तिहरु आपैm शिविरस्थलमा पुगेका थिए भने पूर्णरुपमा अपाङ्गता भएकालाई तिनका अभिभावकले शिविर स्थलसम्म ल्याएका थिए । शिविरमा अपाङ्गता भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा समेत प्रदान गरिएको छ । यसले अपाङ्गतावरण भएका व्यक्तिहरुलाई हिँडडुलमा केही सहजता हुने सिविआरका चिकित्सक डा. प्रवेश उप्रेती बताउनुहुन्छ ।

रंगेली–४ की अनिसा मण्डलले आफु जन्मदेखि नै अपाङतावरण गरेका कारण एक हातले दैनिक जीवनयापन गर्न समस्या झेल्नुपरेको पीडा व्यक्त गर्नुभयो । त्रृmत्रिम हात लगाउन पाउने जानकारी पाएपछि आफू शिविरमा आएको उहाँको भनाई छ । सोेही ठाउँकी मनोरमा मण्डलले आफ्नो १३ वर्षे छोरा हिँडडुल गर्न नसक्ने भएका कारण आवश्यक सहयोग सामग्री पाउने आशासहित शिविरमा आएको प्रतिक्रिया दिनुभयो ।

फरकफरक शारिरीक अपाङता भएका ब्यक्तीहरुलाई बेग्लाबेग्लै आकार–प्रकारको सहायक सामग्रीको आवश्यकता पर्ने भएका कारण नापजाँच शिवीर आयोजना गरिएको सिबिआर विराटनगरकी प्रबन्धक रंजना दाहालले जानकारी दिनुभयो । अपाङतावरण गरेका सबै व्यक्ति र बालबालिकालाई सहायक सामग्री उपलब्ध गराउन आवश्यक पर्ने बजेट नगरपालिकाले उपलब्ध गराउने रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले बताउनुभयो ।

पहिलो चरणमा एकसय ब्यक्तीको मात्र नापजाँच गरिएपनि हिडडुल गर्न नसक्ने ब्यक्तीहरुका लागि घरमै गएर नापजाँच गरिने मेयर बगडियाले जानकारी दिनुभयो । नापजाँच गरिएका ब्यक्तीहरुकालागि आवश्यकता अनुसारको सामग्री सिबिआर विराटनगरको उत्पादन गृहमा निर्माण गरिने भएको छ । यसैगरि स्थानीयस्तरमा निर्माण गर्न नसकिने ट्राइसाइकल तथा ब्हील चेयर बाहिरबाट खरीद गरेर उपलब्ध गराईने जनाइएको छ । एक अनुमान अनुसार रंगेली नगरपालिकामा ५ सय बढी अपाङता भएका व्यक्तिहरु छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!