हिपमत डटकम
खोटाङ,पौष ७गते। प्रहरी चौकी देविस्थान खोटाङको नवनिर्मित कार्यालय, ब्यारेक, मेश र शौचालय भवनहरुको आइतबार आयोजित एक कार्यक्रमबीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले गत आईतबार समुद्‍घाटन गर्नुभएको थियो । भवनको उद्घाटन कार्यक्रम पश्चात कार्यक्रममा बोल्नुहुदै वँहाले सबै एक भएर जसरी भवन बनाउन लागी पर्नु भयो त्यसैगरी शान्ति सुरक्षा कायम गर्नको लागि पनि स्थनीयवासीले उत्तिकै सहयोग गर्नुपर्ने बताउनुभयो । अपराध नियन्त्रण गर्ने दायित्व प्रहरी र स्थानीयको हो त्यसैले यस्तो कार्यमा मिलेर अगि बढ्न नसके यति राम्रो भवनको औचित्य नै नरहने वँहाको भनाई थियो । सामुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्न नेपाल प्रहरीले गाउँ वस्तिहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको हुदा सानो र ठुला दुबै घटनाहरुको बारेमा प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउन वँहाले आग्रह समेत गर्नुभयो । कार्यक्रमा निमित्त प्रमुख जिल्ला अधिकारी श्याम राई, पालिकाकी उप प्रमुख विमला राई, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । साथै प्राविधिक प्रहरी निरीक्षक ई। केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी उपरिक्षक वामदेव गौतमल अध्यक्षतामा समारोह कार्यक्रम समापन भएको थियो । राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारको लागतमा साढे दुई तले पक्कि भवनको निर्माण भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीरबहादुर बढा, सबै सरोकारवाला निकायहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!