हिपमत डटकम
प्रेम यादब
विराटनगर,पौष ६गते।बिराटनगरमा रहेको इन्द्रेणी कला प्रतिष्ठानले ५२ जना बृद्धआश्रममा रहेका आमाबुवालाई खाना खुवाउनुको साथै सम्मान तथा सागेतिक कार्यक्रम गरेको छ। पुर्व क्षेत्रमा रहेको कलाकारहरुको हकहितको लागि स्थापना गरिएको प्रतिष्ठानले सामाजिक उत्तरदायीत्वलाई पूरा गर्दै बिराटनगरमा रहेको बिराटेश्वर बृद्धआश्रम एक कार्यक्रमको आयोजना गरि आमाबुवालाई खान खुवाएका हुन।
कार्यक्रममा सस्थाका अध्यक्ष तथा चर्चित गायक रामा मन्डल, गायक नितिन गजुरेल, प्रवलदिप बिश्वाश,बीरेन्द्रकुमार साह डा बिनोद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा गायकहरुले आफुले गाएका केही गीतहरु समेत प्रस्तुत गरेका हुन्न।
छोराछोरी तथा आफन्तको माया,प्रेम र स्नेह बाट टढा रहेर बसेका वृद्धवृद्धालाई इन्द्रेणी कला प्रतिष्ठान बिराटनगरले जेष्ठ नागरिक सम्मान तथा संस्कृति कायक्रम गरी ति वृद्धवृद्धालाई खुशी बनाउने एउटा सानो प्रयास गरेको अध्यक्ष रामा मन्डलको भनाई छ।