आइतबार, पौष ०६, २०७६ || 1706  पटक पढिएको

हिपमत डटकम
ईटहरी,पौष ६ गते।

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्रान्डका ५२ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको छ । ईटहरी लगाएत आसपासका सर्वसाधरणहरुले आफ्ना मोवायल हराएको भनी निवेदन दिए संगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ थान मोवायल फेला पारी आज सम्बन्धीत धनीहरुलाई बुझाएको हो । हराएका तथा चोरी भएका मोवायलहरुको सम्बन्धमा प्राप्त निवेदनको आधारमा खोजतलास गरी फेला परेका मोवायल फोनहरु सम्बन्धीत धनीलाई बुझाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । २०७६ साल बैसाख महिना देखि ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भए पछी हराएका तथा चोरी भएका बिभिन्न ब्राण्डका करिव ४७ लाख ५२ हजार ८९० रुपैयाँ बराबरको १९५ थान मोवाईल फेला पारी बुझाई सकिएको र अनुसन्धान पश्चात मोवाईल चोरीमा संलग्न ८ जना व्यक्तिहरूलाई पक्राउ गरी चोरी मुद्दा अन्तरगत कारवाही गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!