बुधबार, बैशाख १७, २०७७ || 774  पटक पढिएको

घरधुरी सङ्ख्याभन्दा १०० बढी घरपरिवारलाई राहत वितरण गरिसक्दा पनि अझै राहत लिने बाँकी देखिएका छन् । महावु गाउँपालिका–१ मा जम्मा घरधुरी सङ्ख्या ६९२ रहेका छन् । वडाले कर्मचारी र पेन्सन भएका ११९ घरधुरीलाई राहत नदिने निर्णय गरी तीबाहेक ७१५ घरधुरीलाई राहत वितरण गरिसक्दा पनि अझै छुटेको निवेदन दर्ता भएपछि पुनः राहत वितरण गर्ने तयारी भएको छ । घरधुरी सङ्ख्याभन्दा बढी राहत वितरण गरिसक्दा छुटेको निवेदन आएकाले फेरि वितरण गर्ने तयारी गरेको वडाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । वडाले कुनै मापदण्ड नबनाई समानरूपमा राहत वितरण गर्दा खास परिवारलाई मर्का परेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!