आइतबार, पौष ०६, २०७६ || 1283  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष ६ गते

आमा´ चलचित्र को ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । निर्देशक दीपेन्द्र के खनालको कथा तथा निर्देशनमा तयार गरिएको चलचित्रको ट्रेलरलाई साँढे पाँच लाख बढिले हेरिसकेका छन् भने उनन्तिस हजारले लाइक र १५ सय बढीले कमेन्ट गरेका छन् ।
सकारात्मक प्रतिक्रिया आए सँगै ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तको अभिनयलाई दर्शकले रुचाएका छन् । दीपेन्द्र कोपशुपति प्रशाद´ पछि `आमा´ आगामी चलचित्र हो । महाशिवरात्रीको अवसरमा फागुन ९ गते रिलिज हुन लागेको चलचित्रले आमा-छोरीको कथा भन्छ । नेपाली समाजमा आमा-बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ तर यस चलनलाई चुनौती दिँदै छोरीले पनि आमा बुवाको अन्तिम संस्कार गरेको उदाहरण केही देखिन थालेका छन् । यसै विषय वस्तुमा रहेर चलचित्र बनेको छ । चलचित्रमा मिथिला आमाको भूमिकामा छिन्न भने सुरक्षा छोरीको पात्रमा देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!