बुधबार, बैशाख १७, २०७७ || 536  पटक पढिएको

कोरोना भाइरसको त्रासका बीच बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु गरिएको छ । अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा रोक्न नमिल्ने भएका कारण सुरक्षा उपाय अवलम्बन गरी खोप प्रदान गरिएको कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । कार्यालयका अनुसार हालसम्म १३४ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका आठै स्थानीय तहमा नियमित खोप सेवा शुरु गरेको हो । यही वैशाख १९ गतेसम्म खोप सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!