हिपमत डटकम
पोखरा,पौष ५।गतेपोखरा महानगरपालिकाले यही पौष १ गतेदेखी लागु हुने गरी पोखरा न्यूरोडको केही भागमा एकतर्फी पार्कीङ निषेध गरेको छ । पोखराको पार्किङ व्यवस्थीत गर्ने नाममा निजी कम्पनीलाई जिम्मा दिएर मनपरि पार्किङ शुल्क असुलिरहेका ति कम्पनिलाई थप प्रोत्साहन हुने गरि महानगरले पछिल्लो समय पे पार्किङ कै वाहानामा अझै फस्टाउने मौका दिईरहेको कुरा बुझ्न र बुझाउन खासै मेहनत गर्नु नपर्ला । स्थानिय व्यवसायीहरुसंग कुनै प्रकारको समन्वय नै नगरि महानगरपालिकाले जवरजस्त एक तर्फी पार्किङलाई निषेध गर्दै पे पार्किङ लादेरै छोड्यो ।

सामान्यतया न्युरोड पोखराका व्यस्त सडकहरु मध्येको एक हो । यहाँको सडक अन्यको तुलनामा फराकिलो पनि छ । अहिलेसम्म न्यूरोडमा पार्किङ गरेर ट्राफिक व्यवस्थापनमा कुनै समस्या देखिएको थिएन । र, छैन् पनि । जति समस्या पोखराका अन्यक्षेत्रमा देखिन्छ । व्यवसायीहरु कुनै पनि हालतमा पे पार्किङ मान्न तयार छैनन् की त सबै तिर समानुपातिक रुपमा यो प्रयोगमा आउनुपर्छ भन्छन् । कार्यालय भित्रै प्रशासनिक निकायका कर्मचारी र व्यवसायीहरुबीच एक प्रकारको ठूलै बहस सृजना भयो । हेर्नुहोस् यो भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!