विराटनगर,पौष ५ गते।
जि.पि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक बक्तृत्वकला कार्यक्रममा विराटनगर महानगरका ९ बिद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । यस्तै अन्य सहभागी सवै विद्यार्थीलाई समेत प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । गिरिजाप्रसाद कोइरालाको स्मृर्तिमा छोरी सुजाता कोइरालाले स्थापना गरेको यस संस्थाले देश तथा बिदेशमा समेत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष शिबराज कोइरालाले जिपि कोइराला फाउण्डेसनले ल्याएको शैक्षिक जागरण अभियान प्रभावकारी भएको बताए । इतिहासको उजागर र अघिल्ला पुस्ताहरुले समाजमा दिएको योगदान स्मरण गर्ने कार्यक्रम फलदायी हुने बताए ।
जिपि कोइराला फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा आदर्श माविका प्राध्यानाध्यापक तुलसी प्रसाद दुलाल,बक्तृत्वकला कार्यक्रमका निर्णायक चुडामणी नेपाल,गोग्राह माविका प्राध्यानाध्यापक टंकप्रसाद सिटौला , राधाकृष्ण भुपालमान सिंह माविका डम्बर बहादुर कार्की , जिपि फाउण्डेसन मोरङका उपाध्यक्ष बेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई सह सचिव सन्तोष पोखरेल,लगायतले आ आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!