सोमबार, बैशाख १५, २०७७ || 892  पटक पढिएको

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना भाइरसबारे जनतालाई सुसूचित गर्ने क्रममा थप ६ नयाँ लक्षण पनि आफ्नो सूचीमा समावेश गरेको छ ।

यसअघि सिडिसीले ज्वरो, खोकी स्वासप्रश्वासमा समस्या देखिनुलाई मात्रै लक्षणका रुपमा राखेको थियो । तर अहिले एकैपटक ६ लक्षण थपिएका छन् । यी लक्षण हुन् – चिसो लाग्ने, बारम्बार चिसो लागिरहने, मांशपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने तथा स्वाद लिने वा सुंघ्ने क्षमता कमजोर हुने ।

यस्ता लक्षण कोरोना भाइरसको सम्पर्कमा पुगेको २ देखि १४ दिनभित्र देखिनसक्ने सिडिसीले जनाएको छ । त्यस्तै, स्वासप्रश्वासमा समस्या देखिए, छातिमा निरन्तर दुखाई वा दबाब परेमा, उठ्नका लागि समस्या वा कमजोरी भएमा, अनुहार वा ओठ निलो भएमा पनि तत्कालै स्वास्थकर्मीलाई देखाउन सिडिसीले सिफारिस गरेको छ ।

जाने हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार आइतबारसम्म विश्वभर कोरोना भाइरसबाट २ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!