शुक्रबार, पौष ०४, २०७६ || 1722  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष ४ गते।यस वर्ष पनि विगतका वर्षहरु झै तराई–मधेशमा अत्यधिक चिसो बढेको कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा चिसो बढेको भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ । तराईका अधिकांश क्षेत्रमा चार दिनदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण घाम लागेको छैन । जसले गर्दा ती क्षेत्रहरुमा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको र चिसो बढेको बताइन् । त्यसमा पनि विशेषगरी पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सु लागेको र कठ्यांग्रिने जाडो भएको छ । चिसोले विशेषगरी वृद्ध, बालबालिकालाई असर गर्ने र कतिपय अवस्थामा ज्यानैसमेत जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाट बच्न न्यानो लुगाउने, तातोमा बस्ने लगायत चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।

आगामी तीन दिनको मौसम
पुस ४ गते (शुक्रबार)
दिउँसो : देशको पश्चिमि र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक वदली रहनेछ । साथै पश्चिम भेगका उच्च पहाडि र हिमालि भूभागमा हल्का हिमपात र पश्चिमि पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि र हिमालि भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमि पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पुस ५ गते (शनिवार)
दिउँसो : देशको पश्चिमि भूभागमा सामान्य वदली र मध्य तथा पूर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि र हिमालि भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमि पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशको पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ ।

पुस ६ गते (आइतवार)
दिउँसो : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ ।

राति : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!