हिपमत डटकम
बिराटनगर, पौष ०४ गते ।बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाहरुका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरीकहरुलाई न्यानोको अनुभुती गराउन १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले सबै प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउने भनी निर्देशन दिएसंगै बिभिन्न प्रहरी कार्यालयहरुले स्थानीय तहसंगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएका हुन् । आज मात्र तराईका झापा, मोरङ र सुनसरी जिल्लाका ३०० भन्दा बढी स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाईएको हो । उक्त स्थानहरुमा ठुला ठुला मुढा तथा दाउराहरु बालिएको र सर्वसाधारणहरुलाई न्यानोको अनुभुती हुने गरी ताप्ने ब्यबस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!