शुक्रबार, पौष ०४, २०७६ || 1101  पटक पढिएको

हिपमत डटकम
झापा,पौष ४ गते।झापा बिर्तामोड नगरपालिका-१ पश्चिम स्टेन स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने ६ बजेको समयमा बिरगंजबाट काकडभिट्टा तर्फ आउदै गरेको ना ४ ख ६११६ नम्बरको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका-२ बस्ने वर्ष ५६ को होमनाथ ढुङ्गेललाई ठक्कर दिएर घाईते बनाएको थियो । ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागी बि.एण्ड सि. अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस, बस चालक पर्सा जिल्लाको गढी नगरपालिका-९ बस्ने बर्ष ३९ को बेद बहादुर सुबेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!