हिपमत डटकम
बिराटनगर,पौष ४ गते।हाम्रो देशलाई माया गर्ने नेपालकै एकमात्र बैज्ञानिक डा. महाबिर पुनद्दारा सन्चालन गरिएको नेपाल रास्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ सन्दर्भमा देश विदेशबाट नेपाली सहयोगी मनहरु जुट्ने कर्म जारी छ। पक्कै पनि यस्ता महान व्यक्तित्वको हामीले संरक्षर्ण गर्नु पर्छ र देश लाइ अगाडी बढाउनु पर्छ ।

त्यस्तै समाज सेवी इशा गुरुङले बेलायत बाट डाक्टर महाबिर पुनको बारेमा अभियान सुरु गरेकी छन् र उनले किन सहयोग गर्नु पर्छ हामी सबै मिलेर महाबिर पुन लाइ भन्ने सन्दर्भमा लाइव भिडियो मार्फत जानकारी पनि गराएकी छन् हेर्नुहोस यो भिडियो :

उनको फेबुक स्टाटस
नमस्कार , आज म हजुरहरू लाइ एक अपिल लिएर आएको छु , १०/१२ बर्ष धेरै गरीब पिडित दुखी बिरामीहरूको लागी काम गरे , सहयोग गरे , सहयोग उठाए , अस्पताल भबन , स्कुल भबन ,किर्केट रन्गंशाला ,आश्रम ,मन्दिरहरू लगायत धेरै थोरै सहयोग गरे , अब हामी सबै मिलेर महाबिर पुन दाइको राष्टिय अविस्कार केन्द्र लाइ सहयोग गर्ने बेला आएको छ , उहाको सपना हामी सबैको सपना हो , सिन्गो देशको सपना हो ,उहालाइ नचिन्ने कमै छन् , तर उहालाइ सरकार बाट आर्थिक सहयोग पाउन सकेको छैन , मान सम्मान अवार्डहरू त अन्गिन्ति पाइसक्नु भएको छ , महाबिर पुन भन्नुहुन्छ , मलाइ अब भारी भयो कसैले अवार्डको लागी नोमिनेशन नगरिदिनु होला , अवार्डको सट्टा बरू मेरो अविस्कार केन्द्र लाइ सहयोग गरिदिनु होला या लोन दिनुहोला भन्ने आग्रह गर्नु भएको छ , आशा छ हजुरहरूले सकेको आर्थिक सहयोग गर्नुहुनेछ बिगतमा जसरी, सहयोग मन बाट गरिन्छ कसैलाइ कर्काप र मेसेजमा गएर माग्ने कदापि छैन , हजुरहरूको स्व इच्छा हो ,हजुरहरूले सहयोग गर्न चाहेमा तल राष्टिय अविस्कार केन्द्रको बैक खाता राखेको छु , सिधै तलको ख़ातामा रकम डिपोजिट गरिदिनु होला र भौचर मलाइ पठाउनु होला प्लीज , मैले बिगतमा जसरी सहयोगीमनहरूको तस्बीर सहित अपडेट गरिने छैन ,मात्र हजुरहरूको सहयोग रकम र नामावली क्रमबद्ध रूपमा १/२/३/४/५ गरी अपडेट गरिने जानकारी गराउन चाहान्छु , यो सतकर्ममा जो पनि अभियान्ता बनेर या सहयोगी हात भएर हातेमालो गर्न सकिन्छ , तर एकदम इमान्दारी र पार्दाशिता सहित काम गर्नु पर्छ , कसैले महाबिर पुन दाजुको नाउमा रकम संकलन गरेर दुरूपयोग नगरियोस् भनेर खबरदारी पनि यहि पोस्ट मार्फत गराउन चाहान्छु , धन्यबाद

 

४% बार्षिक ब्याज दरमा ऋण दिन मेरो अनुरोध लाई सकारात्मक रुपमा हेरी दिनु भएको सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै धन्यबाद छ। अब अघि बढौं। खाने मुखलाई जुंगाले छेक्दैन भन्ने कुरा सरकारले बुझ्नु आबश्यक छ।

ऋण माग्नुको पहिलो कारण यस प्रकार छ। मैले Visit Nepal 2020 लाइ लक्ष्य गरेर पदयात्रा गर्ने पर्यटकहरु भित्र्याउने दुई ओटा योजना बनाएर संघीय सरकार र गण्डकी प्रदेश सरकारलाई 2018 देखि नै अनुरोध गरेको थिएँ। पहिलो योजना Round Dhaulagiri Trekking Route को बिकास गरेर त्यहाँ आबश्यक पर्ने सम्पूर्ण बन्दोबस्त गर्ने र 2019 मा नै ट्रेकिंग सुरु गर्न भन्ने थियो। दोश्रो योजना हामीले पहिले नै सुरु गरेको पदमार्गमा भएको सामुदायिक लजहरुमा पर्यटकहरुको चाप थेग्न अति आबश्यक परेकोले थप कोठाहरु बनाउने भन्ने थियो। यो काम किन आबश्यक छ भने पूर्वाधार नबनाईकन पर्यटक भित्र्याउन सकिंदैन र नेपाल आएका पर्यटकहरुलाई पनि राम्रो सेवा दिन सकिंदैन। तर संघीय सरकार र गण्डकी प्रदेश सरकारले मेरो प्रस्ताब सुन्दै सुनेनन। २५ लाख रुपैंया सम्म सहयोग गर्नुहोस भन्दा पनि सरकारले टेरेन। बैंकहरुले मैले प्रस्ताब गरेको जस्तो मोडेलको सामुदायिक कुरामा लगानी नै गर्दैनन्।

ऋण माग्नुको दोश्रो कारण राष्ट्रिय आविष्कार केन्द्रमा अहिले भैरहेको अनुसन्धानको कामहरु मध्य ५ ओटा कामहरु चांडै नै सफल हुने आशा गरिएको छ। तिनीहरुलाई सानो स्केलमा उत्पादन गरेर बजारीकरण गरि अनुसन्धानकर्ताहरुलाई उद्यमी बनाउनको लागि तुरुन्तै एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको छ। यसो गरेर उनीहरुलाई उद्यमी बनाइएन भने हाम्रा प्रतिभाशाली सन्ततिहरु नेपालमा बस्दैनन्। यसको लागि ३ र ४ नम्बर प्रदेश सरकारको मन्त्रालयहरु संग कुरा भएको हो। उनीहरुले मुखले मात्र हुन्छ हुन्छ भने तर यस्तो काममा पटक्कै चाख देखाएको देखिएन। बैंकहरुले यस्तो काममा ऋण दिंदैनन भन्ने थाहा भयो, मुख्य कुरा यहि यहि नै हो। धन्यबाद।

बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो करिब ३ करोड चाहिएको छ। एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन। सकेको ५, १०, २० लाख दिए पनि हुन्छ।

पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो। यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं। यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु। यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला। यसको लागी एक करोड रुपैंया चाहिएको छ।

दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको छ। आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो। बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो। यसको लागी दुई करोड रुपैंया चाहिएको छ।

कोहि हुनु हुन्छ भने मलाई [email protected] मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ.

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!